प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द भएका सरकारी स्वामित्वका उद्योगहरू निजी क्षेत्रलाई दिने संकेत गरेका छन्।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बन्द भएका उद्योगहरू चलाउन नसक्ने हो भने चलाउन सक्नेलाई किन नदिने भनी प्रश्न गरे।
प्रधानमन्त्री ओलीले भने, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ? बन्द भएका उद्योगहरू के गर्ने हो? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने?’
उनले विभिन्न मन्त्रालय र तीमातहतका संरचनाहरू कामयाबी नभएकोमा असन्तोष पनि पोखे। उनको भनाइ थियो, ‘देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ। काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो। हामी सरकारमा भएको उपादेयता हुनुपर्यो। हिम्मतिलो तरिकाले अगाडि बढौँ।’
प्रधानमन्त्रीले भने- अघिल्लो सरकारले ११ हजार नक्कली आयोजना ल्याएछ, गफका भरमा चल्दैन
Shares

प्रतिक्रिया