प्रधानमन्त्री बोरिस जोनसनको योजनाअनुसार ७० वर्षमाथिका नागरिकले चार महिना घरभित्रै बस्नुपर्नेछ।
कोरोना भाइरसका कारण बेलायतमा गएको २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बरले बढेपछि बेलायतले नयाँ निमय चाँडै लागू गर्न लागेको आइटीभीले आइतबार जनाएको छ।
शनिबारसम्म बेलायतमा कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो। आइतबारसम्म आइपुग्दा त्यहाँ मृतकको संख्या २१ पुगेको छ।
हाल बेलायतमा कोरोनाबाट संक्रमितको संख्या ११ सय ४० पुगेको छ। कोरोना भाइरसका कारण विश्वभर ७० वर्षमाथिका मानिसहरु सबैभन्दा बढी पीडित बनेका छन्।
वृद्धवृद्धामा छिटो कोरोनाको संक्रमण हुने र उनीहरुबाट कोरोना फैलने सन्त्रासकाबीच बेलायतले नयाँ नियम ल्याउन लागेको हो। एजेन्सी

प्रतिक्रिया