कारोबार


एआई ट्रिपल क्यामरासहितको हुवावे वाई७ पी नेपालमा

एआई ट्रिपल क्यामरासहितको हुवावे वाई७ पी नेपालमा

नेपालखबर
चैत २, २०७६ आइतबार ८:४,

हुवावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई७ पी नेपाली बजारमा सार्वजनिक गरेको छ।

कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ । विभिन्न विशेषताहरू भएको ह्वावे वाई७ पी मूल्यअनुसारको सही उत्पादन खोज्ने ग्राहकहरूका लागि एकदमै सही रोजाई हो ।

यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ । ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई७ पी को मूल्य नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

अल–राउण्ड फोटो खिच्ने अनुभव
ह्वावे वाई७ पीमा रियर ट्रिपल क्यामरा सेट अप रहेको छ । यसमा एफ/ १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत् हाई रेजलुसनको तस्वीरहरू लिन मिल्दछ । यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ ।

ठूलो १/२ ईन्च सेन्सर भएको ह्वावे वाई७ पी कम प्रकाश भएको ठाउँमा पनि आकर्षक फोटोहरू खिच्दछ । साथै नाइट मोडले पनि ६ सेकेण्डभित्र खिचिने फोटोहरूका लागि स्टेबलाइजेसन सपोर्ट गर्दछ । ह्वावे वाई७ पीमा एआई सिन रेकग्निशन क्यामराहरू रहेको छ जसले रियर क्यामराहरूलाई पाँच सयभन्दा बढी सिनहरू चिन्दछ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गर्दछ । यसका साथै यसमा भएको पन्च फूल भ्यू डिस्प्ले ह्वावेको क्यामरा एआई एल्गरिदमहरू सपोर्ट गर्ने शक्तिशाली ८ एमपी फ्रन्ट क्यामरा हो ।

सधैँ एक्सेसिबल हुने स्मार्ट कम्प्यानियन
ह्वावे वाई७ पीको पछाडिको भागमा रिफेक्लेटिभ लेयर रहेको छ जसले फ्युचरिस्टिक ग्लेर इफेक्ट दिन्छ । मिड फ्रेमले दुई साइडहरूलाई बिना कुनै अवरोध कनेक्ट गर्दछ जसले हेर्दा निकै आकर्षक लाग्ने स्ट्रीमलाइन्ड यूनी बडी दिन्छ ।

ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले
शोस्टपरका रुपमा डिजाइन गरिएको ह्वावे वाई७ पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ । ६.३९ ईन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६०ह ७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्दछ । मोबाइलफोनको बाँया पट्टिको माथि रहेको कुनामा ४Þ.५ एमएम चौडाईको ब्लाइन्ड होल (प्वाल) छ जुन मोबाइलफोन इन्डष्ड्रीमा हुने मध्येकै सबैभन्दा सानो हो।

सन्तुलित तथा दिगो कार्यक्षमता
किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ह्वावे वाई७ पी को उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ। ४ हजार एमएएच क्षमताको ब्याट्री तथा ह्वावेको एआई पावर सेभिङ प्रविधियुक्त ह्वावे वाई७ पीको ब्याट्री आयु लामो र टिकाउ हुने गर्दछ।

प्रि–इन्टल्ड हुवावे एपग्यालरी
ह्वावे वाई७ पीको कोरमा ह्वावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म ह्वावे एप ग्यालरीसहित आवश्यक कैयौँ स्मार्टफोन विशेषताहरू रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad