यही मंसिर ७ गते बिहान काठमाडौं महानगरपालिका–१३ संगितकारमार्ग स्थित सडक छेउमा जानुका सुर्खेती मृत फेला परेको सम्बन्धमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
अनुसन्धान गर्ने क्रममा एक जना पुरूष व्यक्तिले निज मृतकलाई ७ गते बिहान ३ः१७ बजेको समयमा कालिमाटी स्थित डिभाइन कम्प्लेक्स मुनीको फुटपाथबाट लास फेला परेको स्थानसम्म बोकी लगेर छोडेको खुल्न आएकोले थियो।
अनुसन्धानका बिभिन्न विधी तथा प्रविधिहरूको प्रयोग गरी घटनामा संलग्न प्रतिवादी कविन्द्र मल्लको पहिचान गरी खोजतलास गर्ने क्रममा मंसिर ८ गते कुलेश्वरमा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, कालिमाटी पठाईएको छ।

प्रतिक्रिया