राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
राष्ट्रपति पौडेलले आइतबार सरकारले गरेको सिफारिस सदर गर्दै सेना परिचालनको स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपतिको स्वीकृतिसँगै उपचुनावमा सुरक्षाका लागि नेपाली सेना खटाउने बाटो खुला भएको हो।
उपचुनावमा नेपाली सेना अन्य सुरक्षा निकायसँग समन्वय गरेर खटिनेछ।
स्थानीय तहका विभिन्न ४४ पदमा मंसिर १६ गते उपचुनाव हुँदैछ।
2.5k
Shares

प्रतिक्रिया