समाज


रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने

फाइल फोटो


नेपालखबर
मंसिर ९, २०८१ आइतबार १५:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बस्ने भएका छन्।

कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक थपिएको १३ दिनको म्याद पनि सकिएपछि थप समय हिरासतमा राख्ने अनुमति माग्न पाँचौँपटक कास्की जिल्ला अदालतमा पेस गरेको हो।  

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो।

अब म्याद थप गरेर उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि त्यता लाने तयारी प्रहरीले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad