काठमाडौँ उपत्यकाको तापक्रम ओरालो लाग्ने क्रममा आज (मंसिर ९ गते) यो वर्षको अहिलेसम्मकै तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि मंसिर ६ गते उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो। आज त्यसभन्दा पनि तल पुगेको हो।
मौसमविद्का अनुसार काठमाडौँ उपत्यकासँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया