सर्वोच्च अदालतले कर्मचारीको तलब समायोजनसम्बन्धी आफ्नो निर्णय पुनरवलोकन गर्ने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासले यसअघि सर्वोच्चकै संयुक्त इजलासबाट भएको निर्णय पुनरवलोकनका लागि निस्सा प्रदान गरेको छ।
समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेका कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश जारी गरेको थियो।
तर, अर्थ मन्त्रालयले सर्वोच्चको उक्त निर्णय पुनरवलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो।
1.0k
Shares

प्रतिक्रिया