जगदम्बा मोटर्सले कम मूल्यको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ३ लाखमै ७५ किमी रेञ्ज दिने स्कुटर सार्वजनिक गरेको हो।
२०२३ नाडा अटो शोमा नेपालमा आईक्युब स्कुटर सार्वजनिक गरेको थियो। १४ महिनामा ५०० ग्राहक रहेका छन्।
शंकर ग्रुपका प्रबन्धनिर्देशक साहिल अग्रवालले प्यासेनजर भेहिकलमा ईभीमा क्रान्ति गरेकोमा अब २ पांग्रेले गर्दै आएको बताए।
५० वटा ईभी ब्रान्ड पुगेकोमा ३२ ब्रान्डमा सीमित भएको बताउँदै उनले नेपाली बजार अध्ययन गरेर टीभीएसको विद्युतीय स्कुटर ल्याएको बताए।
स्कुटर ०–८० प्रतिशत चार्ज गर्न २ घण्टा लाग्छ। यसको लागि २.९९९ लाख रूपैयाँ तोकिएको छ।
स्कुटरमा २.२ किलोवाट ब्याट्री २ मोडमा छ। ४.६ किलोवाट पिक पावर मोटर रहेको छ। इकोमा ७५ किमि गुड्ने यो स्कुटर ३.४ किलोवाट आवरको ब्याट्रीमा भने १०० किमिसम्म गुड्ने कम्पनीले जानकारी दिएको छ।

Shares

प्रतिक्रिया