समाज


काठमाडौ‌ंको माछापोखरीस्थित होटलमा युवक मृत फेला

काठमाडौ‌ंको माछापोखरीस्थित होटलमा युवक मृत फेला

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १६:५७, काठमाडौँ

काठमाडौंको माछापोखरीस्थित एक होटलमा युवक मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका १६ माछापोखरी बसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका ६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी माछापोखरी मितेरी पुल नजिकै अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

खाली जग्गामा रहेको पुरानो ठेलामाथि हाल नाम, थर, वतन नखुलेका पुरुष मृत फेला परेका हुन्।

उता ललितपुर महानगरपालिका २५ स्थित नख्खु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad