सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
एपीएफको टोलीले शनिबार बाराको परवानिपुर गाँउपालिका ३ बाट स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।ण्
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षीय इनामोल र २५ वर्षीय ईशा आलम छन्।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले उनीहरुलाई सो रकमसहित पक्राउ गरेको हो।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले फेलापारेपछि र सोधपुछ गर्दा स्रोत खुलाउन
नसकेपछि उल्लेखित रुपैयाँसहित पक्राउ गरिएको हो।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया