समाज


काठमाडौँमा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम

काठमाडौँमा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार ६:५७, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार थप घटेको छ। 

सोमबार (हिजो) १०.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ९.९ डिग्री सेल्सियसमा झरेको हो। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका लागि यो न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो।

यसअघि काठमाडौँमा यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो। आज त्यसभन्दा पनि तल झरेको हो। 

‘यो (९.९) अहिले बिहान ५:४५ बजेको रेकर्ड हो’, मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्, ‘अहिले बिहान ८:४५ बजेसम्म अझ घट्ने सम्भावना हुन्छ।’ उपत्यकामा आइतबार न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस थियो। 

उनका अनुसार अहिले बिहान ८ः४५ बजे उपत्यकाको अपडेटसँगै देशभरका विभिन्न स्थानको न्यूनतम तापक्रम सार्वजनिक गरिनेछ। 

‘अहिले देशभर नै क्रमिक रूपमा तापक्रम घटिरहेको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘आज उपत्यकामा मात्र होइन, देशका अन्य स्थानका तापक्रम पनि पक्कै घट्नेछ।’

यसैबीच आज काठमाडौँ उपत्यकामा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको र पानी पर्ने सम्भावना नदेखिएको जानकारी पनि मौसमविद् मानन्धरले दिइन्। 

सोमबार जुम्लामा न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

यस्तो थियो सोमबार देशभरको तापक्रम विवरण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad