यस वर्ष पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित हुने भएका छन्।
परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन्। यस वर्ष ६ देखि १७ चैतसम्म माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सञ्चालन हुँदै छ।
परीक्षामा पाल्पाबाट यस वर्ष पाँच हजार ६८ परीक्षार्थीले एसइई दिँदैछन्। नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले जानकारी दिए।
जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ। जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक/एक केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ। प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ।
सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ। पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ।
Shares
प्रतिक्रिया