समाज


लाजिम्पाटमा लामालाई आक्रमण घटनामा अर्का व्यक्ति झापामा पक्राउ

लाजिम्पाटमा लामालाई आक्रमण घटनामा अर्का व्यक्ति झापामा पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:५१, काठमाडौँ

प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका-६ घर भई टोखा नगरपालिका-३ ग्रान्डी बस्ने ३५ वर्षीय विक्रम लामालाई आक्रमण गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउ गरी काठमाडौँ ल्याइएको हो। 

उनले भने, ‘गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ।’

लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ। अदालतको आदेशमा मार्सल थुनामा गएको प्रहरीले जनाएको छ। 

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई गत कात्तिक ११ गते चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad