समाज


भेट्न आएका एसएसबी महानिर्देशकलाई गृहमन्त्रीले भने- नाकामा नेपालीलाई मर्यादित व्यवहार होस्

भेट्न आएका एसएसबी महानिर्देशकलाई गृहमन्त्रीले भने- नाकामा नेपालीलाई मर्यादित व्यवहार होस्

नेपालखबर
मंसिर २, २०८१ आइतबार १२:१५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृत मोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-भारत सीमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र एसएसबीले सौहार्दपूर्ण वातावरण बनाइरहेको विषयमा कुराकानी भयो। 

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए। 

गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी भेटवार्तामा नेपाल-भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड दिए। 

नेपाल-भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह गरे। 

‘नेपाल-भारतबिच सदियौँ पुरानो सम्बन्ध छ’, गृहमन्त्री लेखकले भने, ‘सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु।’

भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्चस्तरीय अधिकारी सहभागी थिए। 
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad