आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्मथन गरेका कुनै पनि उम्मेदवार नहुने भएका छन्।
काठमाडौंभित्रै कीर्तिपुरको मेयर र २ वटा वडा तथा काठमाडौँ महानगरकै वडा १६ मा उपचुनाव हुन लागेका बेला बालेनले पनि उम्मेदवार उठाउन सक्ने आकलन धेरैले गरेका थिए।
तर, मेयर शाहको सचिवालयले भने मेयरका तर्फबाट कुनै पनि उम्मेदवार नहुने र कसैलाई सर्मथन पनि नगर्ने बताएको छ। ‘मेयर कुनै पनि हिसाबले यसमा सहभागी हुन मिल्दैन,’ उनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने, ‘उहाँको सर्मथन कसैलाई पनि छैन। उहाँको नाम लिएर कसैले प्रचार नगर्दिनु भन्ने हाम्रो अनुरोध छ। उपनिर्वाचनमा उहाँको तर्फबाट कुनै पनि उम्मेदवार छैन।’
२०७९ को चुनावमा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उठेर ठूलो मतान्तरसहित जितेका बालेनले उपचुनावमा आफ्ना उम्मेदवार उठाउन सक्ने र त्यस्तो भएमा त्यसले चुनावी अंकगणितमा फरक पार्ने धेरैले ठानेका थिए।
Shares

प्रतिक्रिया