समाज


लापसे गरेर सवारी साधन चलाउने २ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

लापसे गरेर सवारी साधन चलाउने २ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

फाइल फोटो


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार २१:५४, काठमाडौँ

काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बा १ प १२१०नम्बरको पर्यटक बसका चालक काठमाडौँको काठमाडौँ महानगरपालिका १ का ५३ वर्षीय सुरेश खड्की र ना ६ ख ६५०८ नम्बरका ट्रक चालक चितवनको राप्‍ती नगरपालिका ५ का ३१ वर्षीय बिमल बर्तौलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक उमा प्रसाद चतुर्बेदीले बताए।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad