बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
घुस रकमसहित पक्राउ परेका कानुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस÷रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्।
Shares

प्रतिक्रिया