समाज


सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १७:१, काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी छन्।

ब्युरोका अनुसार सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाले निवेदन दिएकी थिइन्।

सो सम्बन्धमा ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गर्ने जानकी बोगटी खुल्न आएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा काक्तिक २६ गते सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी दिपक राज अवस्थीले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad