समाज


१ अर्ब ४६ करोडका दुई परियोजना कार्यान्वयनमा आउने

१ अर्ब ४६ करोडका दुई परियोजना कार्यान्वयनमा आउने

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १०:०, काठमाडौँ

वन तथा वातारणमन्त्री ऐनबहादुर शाहीले नेपालमा एक अर्ब ४६ करोडका दुई परियोजना कार्यान्वयनमा आउने बताएका छन्। अजरबैजानको बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ लाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो जानकारी दिएका हुन्। 

बाकुमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलन जारी छ। उक्त सम्मेलनले जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिएको छ। 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्मेलनका क्रममा भूटानद्वारा मंगलबार आयोजित वातावरणमन्त्रीको बैठकमा वनमन्त्री शाहीले हिन्दकुश हिमालयन क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे।

वनमन्त्री शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याए। 

यसैगरी कोप–२९ मा दुईवटा परियोजना कार्यान्वयनमा आउने भएका छन्। विश्व वातावरणीय सुविधा (जिइएफ) को सहयोगमा ९.२ मिलियन अमेरिकी डलरको  यो परियोजना मरिण जलाधार क्षेत्रको सिन्धुली जिल्लामा पाँच वर्षको लागि सञ्चालनमा आउने वन तथा वातावरणमन्त्री शाहीले बताए। 

यस्तै, मरिण जलाधार क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको जलवायुजन्य जोखिमको असरबाट अनुकूलना अभिवृद्धि गर्दै उत्थानशीलता वृद्धि गर्ने उद्देश्यकासाथ वन तथा वातावरण मन्त्रालयले आयोजना सचालन गर्नेछ। 

यस्तै, जिइएफको सहयोगमै १.६५ मिलियन युएस डलरको पारदर्शीताका लागि क्षमता अभिवृद्धि (सीबिआईटी) कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको छ। यो आयोजना पेरिस सम्झौताअन्तर्गतको आर्टिकल १३ नेपालले प्रतिवेदन तयार गर्नुपर्नेछ। यो कार्यक्रम दुई वर्षका लागि सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad