समाज


जुम्लाको तापक्रम शून्यतर्फ, काठमाडौँको थप घट्यो (सूची)

जुम्लाको तापक्रम शून्यतर्फ, काठमाडौँको थप घट्यो (सूची)

फाइल तस्बिर: जुम्ला


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १०:२, काठमाडौँ

हिउँदयाम (विन्टर) नजिकिँदै जाँदा देशभर तापक्रम घट्न र चिसो बढ्न थालेको छ। 

यसै क्रममा जुम्लाको न्यूनतम तापक्रम शून्यतर्फ लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको हो। हिजो मंगलबार यो तापक्रम ३.६ डिग्री सेल्सियस थियो। 

यस्तै आज जुम्लापछि सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ८.९ डिग्री सेल्सियस छ भने यसपछि सबैभन्दा कम न्यूनतम तापक्रम काठमाडौँ र ताप्लेजुङमा समान १०.५ डिग्री सेल्सियस छ। आजै बिहान ५:४५ मा १०.६ डिग्री सेल्सियस रहेको तापक्रम अहिले थप घटेर १०.५ मा झरेको हो। काठमाडौँका लागि यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो। 

महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ जनकपुरमा २०.४ डिग्री सेल्सियस छ।

देशभरको तापक्रम विवरण तल-


 

प्रस्तुत तथ्यांक मौसम महाशाखाका स्टेसन भएका स्थानका हुन्। न्यूनतम आजैका हुन् भने अधिकतम हिजो मंगलबारका हुन्। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

मौसमविद्का अनुसार अहिले नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। यो यही नोभेम्बर महिनाभर रहन्छ, डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र सार्वजनिक हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad