बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने वर्ष ३४ को सुदिपचन्द्र बख्रेल र वर्ष ३३ को सुरज खनाल रहेका छन्।
उनीहरूले विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।
उनीहरूलाई प्रहरीले नक्साल गैह्रीधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।
साथै, पक्राउ गरिएका निज व्यक्तिहरु यस भन्दापूर्व पनि यी कसुरमा संलग्न रही फरार रहेको पाइएको प्रहरीले जनाएको छ।
निम्न :

प्रतिक्रिया