मधेस


विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार २०:३४, जनकपुरधाम

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने भएका छन्।

आइतबार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय बैठकमा सो जानकारी गराइएको हो।

विवाहपञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए। जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने उनको भनाइ छ।

उनले भने, ‘यसपालि विवाहपञ्चमी महामहोत्सवमा विगतको पाँच वर्षपछि यस वर्ष पनि विवाह महोत्सवमा विधिवत जन्ती आउने कार्यक्रमहरू छ। यो २०६१ सालदेखि सुरु भएको हो। यो चौथोपटक हो। जसमा पाँच सयको हाराहारीमा जन्ती विभिन्न ठाउँमा बास बस्दै आउनुहुनेछ।’

उनका अनुसार, जन्तीहरू जनकपुरमा १७ गते प्रवेश गर्नेछन्। २२ गतेसम्म जनकपुरमा बस्नेछन्। सात दिवसीय कार्यक्रममा उनीहरूलाई रामायणकालीन विवाह अवलोकन गराइनेछ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तीव्र बनाइएको छ। विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका चम्पत रायलगायत व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले जानकारी दिए।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रस्टका सचिव चम्पत रायले गर्ने बताइएको छ। जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, हृषीकेशका महन्त डा. रामेश्वर दास, दिगम्बर अखडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्य महन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad