ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पाथीभरा दर्शन गर्न जाने केबलकार निर्माणको शिलान्यासका क्रममा झडप भएको छ। शिलान्यासका लागि निर्माण सामाग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो।
अहिलेपनि त्यहाँ केबलकार बनाउन नदिने भन्दै स्थानीयहरूले प्रदर्शन चर्काएका छन्। अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै पहिचान पक्षधरहरूले यसअघिदेखि नै आन्दोलन गर्दै आएका थिए। प्रकृति नष्ट गरेर केबलकार बनाउन नहुने उनीहरूको तर्क छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
तस्बिरहरू : हेमराज निरौला




372
Shares

प्रतिक्रिया