सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेको छ। शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेतका लागि छुटेको फोर्स गाडी दुर्घटनामा परेको हो।
घटनाको विवरण आउन बाँकी छ। गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १३ जना घाइतेको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाइएको छ।
अन्यको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ। गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान प्रहरीको छ।
354
Shares

प्रतिक्रिया