समाज


एअर अरेबियाको विमानबाट काठमाडौँ ओर्लिएका ३ विदेशी झन्डै ६ किलो सुनसहित पक्राउ

एअर अरेबियाको विमानबाट काठमाडौँ ओर्लिएका ३ विदेशी झन्डै ६ किलो सुनसहित पक्राउ

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ९:७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।

एअर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्मारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जिआनजोङ तथा म्यानमारका सत नाइङ र एई फु छन्। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पlकरमा ५ केजी ७ सय ग्राम बरामद भएको हो। 

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad