समाज


तीव्र गतिको मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

तीव्र गतिको मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार ७:३५, काठमाडौँ

नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

गएराति करिब ८ बजे सुस्ता गाउँपालिका- २ सतपतीस्थित भित्री सडकमा लु १८ प ५८४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सुस्ता- २ महलबारी बस्ने वर्ष ४५ को दलबहादुर चौधरी रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि क्रिमसन हस्पिटल मणिग्राम लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

चौधरीको शव परीक्षणको लागि हाल सोही अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad