बागमती


आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना

आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार ७:४६, काठमाडौँ

आज (सोमबार) पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार देशभरका पहाडी क्षेत्रसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। 

‘आज पनि दिउँसो काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘हिजो दिउँसो पनि एअरपोर्टलगायत उपत्यकाका केही स्थानमा फाटफुट वर्षा भएको थियो।’

उनका अनुसार उपत्यकाका सबै स्थानमा वर्षा हुन्छ भन्ने छैन।

‘उपत्यकाभित्रै पनि सबै ठाउँमा वर्षा हुँदैन’, मौसमविद् कँडेलले भनिन्, ‘यस्तै कतै बढी वर्षा हुन सक्छ भने कतै कम।’

मौसम महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराईका समेत एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad