समाज


जुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ

जुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १३:५६, काठमाडौँ

सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट नौ लाख ६८ हजार नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाले जानकारी दिए। 

जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ। 

अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ। निजहरूबाट केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad