समाज


१४ महिना जेल बसेर छुटे कृष्णबहादुर महराका छोरा राहुल

१४ महिना जेल बसेर छुटे कृष्णबहादुर महराका छोरा राहुल

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १८:१९, काठमाडौँ

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्। उनी १४ महिना जेल बसेर मंगलबार (कात्तिक १३) रिहा भएको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 

महरा केन्द्रीय कारागार जगन्नाथदेवलमा थिए। यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछिल्लो समय यस मुद्दामा जिल्ला अदालतले फैसला गरेपछि उनले जेल सजाय भुक्तान गरेर मंगलबार रिहा भएका हुन्। 

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा उनी पक्राउ परेका थिए। 

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन भेटिएको प्रकरणमा महरा पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad