समाज


गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ७:३७, काठमाडौँ

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो। 

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा (टंगाला) र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय (नक्साल) मा कार्यरत छन्। 

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको समितिको सचिवालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad