सुदूरपश्चिम


डडेल्धुरामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक युवकको मृत्यु, अर्का घाइते

डडेल्धुरामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ७:५९, कञ्चनपुर

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परशुराम नगरपालिका-६ का भूपेन्द्र भट्टको मृत्यु भएको हो। 

बुधबार राति आफैँले चलाएको बा ०२–०२२ प २१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा भूपेन्द्र गम्भीर घाइते भएका थिए। जोगबूढा अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो। 

मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका सिद्धराज भट्ट घाइते भएका छन्। उनलाई जोगबुढा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको छ। 

उनको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad