समाज


चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १९:३३, काठमाडौँ

काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आउनेमा काठमाडौंकै बाइसधारा बस्ने धादिङको बैरेनीका २४ वर्षीय आकाश तामाङ रहेका छन्।

काठमाडौं महानगरपालिका १५ बस्ने सुसान बुद्दचार्यले बागमती प्रदेश-०२-०२४ प ६६६८ नम्बरको मोटरसाइकल डल्लु आवासबाट हराएको भनि खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निवेदन दिएका थिए।

सोही आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बागमती प्रदेश-०२-०२४ प ६६ नम्बर राखेर चलाइरहेको अवस्था तामाङ गएराति २ बजे  पेप्सिकोलामा भेटिएका हुन्।

आवश्यक अनुसन्धानका लागि तामाङलाई प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक चतुर्वेदीले अनुरोध गरेका छन्।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad