समाज


भारतमा कोरोना संक्रमित ७३ पुगे, ६९ जना क्वारेन्टाइनमा

भारतमा कोरोना संक्रमित ७३ पुगे, ६९ जना क्वारेन्टाइनमा

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ७:२७,

विशव स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषण गरेको भोलिपल्ट भारतमा ११ जना संक्रमित थपिएका हुन्।

हालसम्म भारतमा कोरोनाका कारण कुनै व्यक्तिको मृत्यु भएको छैन। हाल त्यहाँ ६९ जनालाई कोरोना भएको आशंका गरिएको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना भाइरसको महामारी रोक्न भन्दै भारतले यतिबेला विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो।

उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबारदेखि मुलुक छिर्न नदिने घोषणा गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad