बुटवल उपमहानगरपालिका–८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थान सहित कपिलवस्तु बाणगंगा नगरपालिका–८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकवर अलि मियालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकवरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
918
Shares

प्रतिक्रिया