समाज


फास्टट्रयाकको मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख ठगी गरेको आरोपमा ललितपुरबाट १ जना पक्राउ

फास्टट्रयाकको मुद्दा जिताइदिन्छु  भन्दै १ करोड २८ लाख ठगी गरेको आरोपमा ललितपुरबाट १ जना पक्राउ

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ५:५४, काठमाडौँ

काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

महर्जनले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रुतमार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइदिने धम्की दिई एक करोड २८ लाख लिएर फरार भएको उजुरीकर्ताको भनाइ छ।

आचार्यका अनुसार कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट कात्तिक ६ गते पक्राउ अनुमति जारी भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरी टोलीले सोमबार दिउँसो १ बजे पक्राउ गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad