बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा आज (बिहीबार) बिहान आगलागी भएको छ।
विद्युत् चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएको मेयर दीपकविक्रम शाहले जानकारी दिए।
‘आगलागीबाट पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको छ,’ मेयर शाहले भने।
आगलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।

प्रतिक्रिया