राजनीति


प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, आज रिपोर्ट आउँदै

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, आज रिपोर्ट आउँदै

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ४:८,

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको आज (बिहीबार) आठौं दिन भएको छ। तर उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन्, अझै टुंगो लाग्न सकेको छैन।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज पिसाबको रिपोर्ट आउने उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका देखिएपछि प्रधानमन्त्री ओलीको पिसाबको कल्चर गर्न नमुना पठाइएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज त्यसको रिपोर्ट आउने चिकित्सकले बताएका छन्।

‘अस्पतालको शल्यक्रिया कक्षमा रहेको बिरामीको नियमित परीक्षण सामान्य कुरा हो,’ बिहीबार बिहान नेपालखबरसँग प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार भइरहेको छ, कहिले डिस्चार्ज हुन्छ भन्ने कुरा त अहिल्यै कसरी भन्ने?’

सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको ५ देखि ७ दिनसम्ममा डिस्चार्ज गर्ने बताएका थिए।

पिसाब कल्चरको रिपोर्ट आज आएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज कहिले गर्ने भन्नेबारे निर्णय हुने चिकित्सकको भनाइ छ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले पिसाबको कल्चर रिपोर्ट आएपछि मात्रै थप केही भन्न सकिने बताइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad