समाज


नोटबाट सर्छ कोरोना भाइरस? यसो भन्छन् चिकित्सक

नोटबाट सर्छ कोरोना भाइरस? यसो भन्छन् चिकित्सक

नेपालखबर
फागुन २८, २०७६ बुधबार १६:६,

कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा केही समयअघि चिनियाँ बैंकहरुले नोट धुनुका साथै तिनलाई संक्रमणरहित बनाएका थिए।

तर नोटबाट भाइरस सर्न कति सम्भव छ त?

जोन्स हप्किन्स युनिभर्सिटीस्थित सेन्टर फर हेल्थ सेक्युरिटीका वरिष्ठ विद्वान डा. अमेश अदल्जा भने नोटबाट सर्ने भाइरसप्रति धेरै चिन्तित नहुन आग्रह गर्छन्।

‘यो श्वासप्रश्वाससम्बन्धी भाइरस हो। त्यसैले यो खोकी, हाच्छ्युँ र शरीरबाट निस्किने र्‍यालसिंगान, आदिबाट सर्छ,’ उनी भन्छन्, ‘यो कुनै पनि चीजसको सतहमा टाँसिएर अर्को मानिसमा सर्न सक्छ। तर, त्यो सर्ने मुख्य तरिका होइन।’

‘खासगरी म चाहिँ नोट वा सिक्काबाट भाइरस फैलिने विषयमा धेरै चिन्ता लिन्नँ,’ उनले थपे।

यद्यपि पैसा खेलाएपछि हात धुन उनले सुझाए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad