समाज


आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

प्रतीकात्मक तस्बिर : जलवायु परिवर्तन


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ७:३६, काठमाडौँ

आज (शनिबार) वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ। वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने कार्यक्रम छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन गर्न लागिएको बताए।

“आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउन सहयोग पुग्नेछ,” उनले भने, “बिहान प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ, मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप-२९ का बारेमा प्रस्तुतीकरण गर्नुहुने छ, त्यसपछि जलवायु वित्त, हानि-नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुनेछ।”

उनले कोप-२९ मा लैजाने एजेन्डा अझै बढी प्रभावकारी बनाउन छलफल गरिने सम्मेलनले सहयोग गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad