ग्लोबल


इजरायलले इरानमा गरेको हवाई हमलामा हाम्रो संलग्नता छैन : अमेरिका

इजरायलले इरानमा गरेको हवाई हमलामा हाम्रो संलग्नता छैन : अमेरिका

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ८:१, काठमाडौँ

अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमा इजरायलले गरेको हवाई हमलामा अमेरिका संलग्न नभएको स्पष्टीकरण दिएको छ।

बीबीसीका अनुसार इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेको छ।

पेन्टागनले भनेको छ- इजरायलले हामीलाई आक्रमणबारे पहिले नै जानकारी दिएको थियो।

साथै अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि यस विषयमा जानकारी गराइएको छ।

एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई भने- राष्ट्रपतिलाई इजरायली हवाई हमलाबारे जानकारी दिइएको थियो र उहाँले घटनालाई नजिकबाट नियालिरहनुभएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इरानमा इजरायली आक्रमणबारे जानकारी गराइएको छ र उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी छन्।

इरानमा गरिएको हवाई हमलाका सन्दर्भमा इजरायली सेनाले इरानको सैन्य लक्ष्यमा सटिक आक्रमण गरिरहेको बताएको छ।

यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ।

आक्रमणको कारणबारे बताउँदै बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन शरले इरानमा इजरायलको आक्रमण बदला हुनसक्ने उल्लेख गरेका छन्। 

सेबास्टियन अशरका अनुसार इरानले एक महिनाअघि इजरायलमा २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। इजरायली आक्रमण त्यसको जवाफ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad