समाज


रञ्जिता-रेशम मिलापपछि बोलाइएको संयुक्त बैठक किन पर धकेलियो?

रञ्जिता-रेशम मिलापपछि बोलाइएको संयुक्त बैठक किन पर धकेलियो?

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १०:२९, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पदाधिकारी र केन्द्रीय सदस्यको संयुक्त बैठक तिहारपछि बोलाउने तयारी गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मिलाप भएपछि संयुक्त बैठक बोलाउन लागिएको हो।

श्रीमान्–श्रीमती समेत रहेका रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर सूचना जारी गर्दै असोज १८ र १९ गते काठमाडौँमा संयुक्त बैठक बोलाएको थियो। तर बाढीले कारण बैठक बस्न सकेन।

बाढीले काठमाडौँसहित ठूलो क्षति पुर्‍याएपछि नाउपाले संयुक्त बैठक स्थगन गरेको थियो।

‘बाढीपछि चाडबाडले बस्न सकिएन। अहिले खेती भित्र्याउने र तिहार पनि नजिकै भएकाले बस्न सकेका छैनौँ,’ नाउपाका एक केन्द्रीय सदस्यले भने, ‘तिहारपछि हामी बैठक बस्छौँ। समीक्षा गरेर नाउपालाई नयाँ शिराबाट अघि बढाउँछौँ।’

रेशम र रञ्जिताबीच नेतृत्वको विषयमा नाउपाभित्रको शक्ति संघर्ष चुलिएको थियो। जसका कारण नाउपाको नियमित बैठक नै बस्न सकेको थिएन। हाल रेशम र रञ्जिताको मिलाप भएको नेताहरू बताउँछन्। 

झण्डै ७ महिनाअघिदेखिको रेशम–रञ्जिता विवाद सहमतिमा अवतरण भएको छ। त्यसकै सन्देश दिन दुवैले संयुक्त बैठक बोलाएका थिए। रेशम रञ्जिताको मिलापको अर्को दिन नै नाउपाका २७ नेताले पार्टी छोडेका थिए।

बैठक बोलाउनुअघि रेशम र रञ्जिताबीच पार्टीमा दुवै पक्षको समान सहभागितासहित बैठकको अध्यक्षता दुवैले गर्ने समझदारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad