सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
सहकारी प्रकरणमा पक्राउ परेका उनीहरूलाई बिहीबार जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपालखबरलाई जानकारी दिए।
त्यस्तै, गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई पनि ७ दिनकै म्याद थप गरिएको छ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूको म्याद थपबारे यस्तो आदेश गरेको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।
जोशी गत असोज ६ मा पक्राउ परेका थिए भने पछाईंलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको थियो।
लामिछाने र जोशीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
पछाईंमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।
Shares

प्रतिक्रिया