काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उपत्यकाको न्यूनतम तापक्रम हिजो सोमबार जति थियो, आज मंगलबार पनि त्यत्तिमै स्थिर रहेको हो।
अर्थात् काठमाडौँ उपत्यकाको तापक्रम सोमबार र मंगलबार दुवै दिन १३.८ सेल्सियस डिग्री देखिएको हो।
यही अक्टोबर १२ का दिन मनसुन बिदा भई पोस्ट मनसुन सुरु भएयता काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
हेर्नुहोस् आजको न्यूनतम तापक्रम र हिजोको अधिकतम तापक्रमको विवरण-
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।
न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ। तसर्थ आजको अधिकतम तापक्रम भने भरे साँझ ५:४५ बजे मात्र सार्वजनिक हुनेछ।
Shares

प्रतिक्रिया