समाज


कपिलवस्तुबाट २० लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

कपिलवस्तुबाट २० लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार ८:५३, काठमाडौँ

कपिलवस्तुबाट प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागले छन्। कृष्णनगर नगरपालिका २ लिङ्गेटबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

नियमित जाँचको क्रममा सोमबार राति करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

यूपी ४५ एएस ६६६३ नम्बरको भारतीय गाडीबाट ८ लाख र यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार रकम बरामद भएको हो।

गाडीमा भेटिएको रकमको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad