राजनीति


सभामुख घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूलाई बोलाए

सभामुख घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूलाई बोलाए

फाइल तस्बिर: सभामुख देवराज घिमिरे


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार ८:५६, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (मंगलबार) विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल गर्न संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन्। 

सभामुख घिमिरेको सचिवालयका अनुसार संसद्‌को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले सभापतिहरूलाई अहिले बिहान ११:३० बजेका लागि छलफलमा बोलाएका हुन्। 

अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या (कोरम) पुर्‍याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गरेका छन्।

त्यसैले आज सभामुखले विधेयक दफाबार छलफलका क्रममा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गर्न लागेका हुन्। 

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad