समाज


आगामी शनिबार ललितपुर महानगरले नख्खु बाढीको फोहोर संकलन गर्ने

आगामी शनिबार ललितपुर महानगरले नख्खु बाढीको फोहोर संकलन गर्ने

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १६:४, काठमाडौँ

ललितपुर महानगरले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लाष्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने कार्य शनिवारबाट थाल्ने भएको छ। बाढीले बगाएर ल्याएको यी फोहोर नख्खु र बागमती नदीको किनारामा छन्। फाहोर संकलनका लागि २ हजार भन्दा बढी स्वयंसेवक खटिने छन्।

नदी किनारामा थुप्रिएका फोहरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउन बताए। उनले भने, ‘शनिबार बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔँ, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट रुपमा रहेका प्लाष्टिक, कागज र कपडा संकलन गरौँ। सफा नभएसम्म गर्छौँ।’ 

असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लाष्टिक लगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको बताए। नख्खु र  बागमती नदीको किनारालाई प्लाष्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएमा दुख व्यक्त गरे।

फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन्। महानगरको सरसफाई कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन्। 

महानगरले सफाई अभियानमा सहभागी हुन सबैलाई आव्हान गरेको छ। 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै वातारण संरक्षणको दायित्व सबैको भएको बताइन्। 

बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै सफाईको अभियान निरन्तर चल्ने प्रष्ट पारिन्। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाई अभियानमा जुट्न सबैलाई अनुरोध गरे। स्थलगत अनुगमनमा जाँदा सोचेको भन्दा धेरै क्षति भएको अवस्था देखिएको बताए।

‘अनुगमनमा जाँदा एकदमै भद्रगोल भएको छ , धेरै ठाउँमा सोचेभन्दा बढी क्षति छ।’

महानगरका प्रवक्ता एवम वडा नं. ९का अध्यक्ष राजु महर्जनका अनुसार  नदीको किनारामा रहेका वडाहरु बाढीबाट धेरै प्रभावित भएका छन्। वडा नं. ५, ६, १२, १६, १५,१९, २०बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्। 

प्रवक्ता महर्जनले फोहोर संकलनका लागि क्लस्टर बनाएर क्लस्टर अनुसार स्वयंसेवक परिचालन गरिने बताए। उनले भने, ‘त्यसकै तयारी स्वरुप हामीले आजको बैठक राखेका हौँ, आजको छलफलमा उठेका विषयलाई समेत समावेश गरेर विस्तृत जानकारी दिन्छौंँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad