राजनीति


राष्ट्रपति पौडेल कात्तिक अन्तिम साता अजरबैजान जाने

राष्ट्रपति पौडेल कात्तिक अन्तिम साता अजरबैजान जाने

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १६:९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलका लागि दोस्रो विदेश भ्रमण जुरेको छ। युरोपेली राष्ट्र अजरबैजानका लागि राष्ट्रपतिको भ्रमण जुरेको हो।

पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन्। 

जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन्। 

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ।  

राष्ट्रपतिको पहिलो विदेश भ्रमणपनि युरोपमै भएको थियो। गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए। 

यसमध्ये जर्मनीको भ्रमण द्वीपक्षीय थियो भने स्वीट्जरल्याण्डको भ्रमण जेनेभामा ३१ जेठमा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सम्मेलनका लागि थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad