समाज


सीतापाइला-धार्के सडक अनिश्चितकालका लागि बन्द

सीतापाइला-धार्के सडक अनिश्चितकालका लागि बन्द

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ८:७, काठमाडौँ

नागढुंगा-नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।

धार्के-ठूलोखोलामा दोस्रो तहको कालोपत्र हिजोदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका(५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिए।

उनले भने, ‘आजदेखि धार्के - ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ। अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो।’

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका(५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिए।

उनले भने, ‘हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीनरतीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ।’

यस पटकको दसैँमा सवारी जामका कारण नागढुंगा-नौबिसे सडकको सट्टा सीतापाइला-धार्के सडक प्रयोगमा ल्याइएको थियो। अधिकांश साना सवारी साधन सीतापाइला-धार्के हुँदै गुडेका थिए। 

नागढुंगा-नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ।

सीतापाइला-धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला-रामकोट-भीमढुंगा-महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad