मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको छ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा नं १ बाट २ जना, वडा नं ३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरी सिरहाबाट ८ जनाको उद्धार गरिएको हो।
त्यस्तै, धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट–१ बाट २ जनाको उद्धार भएको हो।
मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।
उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई आजै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ। उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया